Dhulikhel Eco Banner new

एक वर्षमा नेपाल टेलिकमले कमायो ६ अर्ब २३ करोड

3.07K
shares

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी दिएको हो ।

कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ टेलिकमले बताएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको हो ।

अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ । चालु आर्थिक वर्षको पौस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ ।

त्यस्तै, टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको पनि बताएको छ । जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।