युनिलिभर नेपालको खुद नाफा बढ्यो, हेर्नुस अन्य सुचक कस्तो ?
वि.सं.२०८१ माघ २५ शुक्रवार १०:४१
shares

काठमाडौं, २५ माघ । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत बढी हो ।
कम्पनीको सञ्चालन आम्दानी बढेको र कुल खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२३ रुपैयाँ ३४ पैसा बढेर १ हजार ३७ रुपैयाँ ५७ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.२७ गुणा रहेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३.०१ प्रतिशत बढेको छ भने कुल खर्च १.०९ प्रतिशत घटेको छ ।


















