Dhulikhel Eco Banner new

असारदेखि ६ दिन नै शेयर बजार कारोबार हुने

4.75K
shares

काठमाडौं, २९ जेठ । असार महिनादेखि शेयर बजार हप्तामा ६ दिन नै कारोबार हुने भएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने भने पछि शुक्रबार समेत कारोबार हुन थालेको शेयर कारोबार असार १ गतेपछि कायमै रहने भएको हो ।

नेप्सेले सरकारले असार १ गतेदेखि आइतवार दिएको सार्वजनिक बिदा हटाउने निर्णय गरेसँगै हप्तामा ६ दिन नै बजार सञ्चालन गर्ने तयारी गरेको हो । अहिले नै निर्णय भइनसकेको भएपनि प्राविधिक कठिनाइ नहुने अवस्था आए ६ कारोबार दिन नै बजार खुल्ने नेप्सेले तयारी गरिहरहेको जनाएको छ ।

सार्वजनिक बिदाको दिन र शनिबार बाहेक बजार खुला गर्न बजार सम्बद्ध सबै सरोकारवाला निकायहरु सहमत भएसँगै पुरानै समयमा नै कारोबार हुने भएको बताइएको छ । कारोबार अवधि भने आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि साढे १ बजेसम्म तय गर्ने विषयमा छलफल भईरहेको बताइएको छ ।

सरकारले जेठ १ गतेदेखि आइतवार समेत सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पालना गर्दै जेठ महिनामा शुक्रबार समेत कारोबार खुल्ला रहेको थियो । यो अबधिमा आइतवारदेखि बिहीवारसम्म चार दिन मात्रै कारोबार सञ्चालन भइरहेको थियो ।

अब सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेको छ । यो बिदा खारेज भएपछि पनि नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने तयारी गरेको हो ।