Dhulikhel Eco Banner new

सागर ग्रुपले आयोजना गरेको मिट एण्ड ग्रिट एक्स्पो–२०२५ लम्बियो थप एकदिन

7.35K
shares

काठमाडौं, २८ माघ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गरेकोमा सोमबार चौथो दिन मेला हेर्न आउनेहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल सेन्टर कलंकीमा सागर ग्रुपले माघ २३ देखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गरेकोमा मेलामा आउने भिजिटरहरुको उपस्थिति बढ्दै गएपछि मेला थप एक दिन बढाएर ३० गतेसम्म गर्न लागेको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धर जानकारी दिए ।

उक्त मेला एक्स्पो प्रत्येक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन भईरहेको छ । मेलामा आफ्नो ब्रान्ड तथा प्रडक्टहरूको प्रयोग, विशेषता लगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको समेत उपाध्यक्षले जानकारी दिए ।

तेस्रो संस्करणको उक्त एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिएको थियो । नेपालमा आईटी सम्बन्धी प्रडक्टको बिक्री, वितरण तथा गुणस्तर सेवा प्रदान गर्दै आएको जानकारी दिदै उक्त ग्रुपले ब्रदरका विभिन्न प्रिन्टरहरू पनि बिक्री गर्दै आएको छ ।

यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि स्टलमा राखिएका थिए । यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्न सक्ने अवसर समेत प्रदान गरेको छ ।

एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छुटको व्यवस्था गरेको छ । ८ दिनसम्म सञ्चालन हुने यो एक्स्पो अवधिभर प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट उपभोक्तालाई दिएको छ ।

उक्त एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ भने क्युआर कोड प्रणाली मार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर समेत ल्याइएको छ ।

नेपालमा ठूला तथा साना व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि यस्ता खालका मेलाले महत्वपूर्ण भूमिका खेलेको कुरामा भने कुनै दुई मत छैन ।