Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.29K
shares

काठमाडौं, १ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.२६ अंकले बढेर २,६७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ७ अर्ब ९२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा मातृभुमि लघुवित्त र कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी बाराही हाइड्रोपावरका लगानीकर्ताले ६.७७ प्रतिशतका दरले कमाएका छन् ।