Dhulikhel Eco Banner new

कालिका लघुवित्तको संस्थापक कित्ता शेयर बिक्रीमा

1.95K
shares

काठमाडौं,६ फागुन । कालिका लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले १० हजार ६४० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि लिखित जानकारी प्राप्त हुन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कास्कीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।