ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयरबापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह
वि.सं.२०८१ फागुन ६ मंगलवार ११:४१
shares

काठमाडौं, ६ फागुन । ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। बैंकले मंगलवार एक सूचना जारी गर्दै बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको हो।
बैंकले मंसिर ९ गते बुक क्लोज गरेको थियो र त्यस मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार बोनस शेयरमा लाग्ने ५ प्रतिशत कर तिरेपछि मात्र बोनस शेयर डिम्याट खातामा पठाइनेछ। साथै, शेयरधितो राखेर ऋण लिएका शेयरधनीहरूले कर तिरेर फुकुवा पत्र पेश गरेपछि मात्र बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

















