नेको इन्स्योरेन्सको हकप्रद बिहीवारदेखि बिक्रीमा
वि.सं.२०८१ फागुन ८ बिहीवार १०:११
shares

काठमाडौं, ८ फागुन । नेको इन्स्योरेन्सले बिहीवारदेखि हकप्रद शेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले तोकिएको चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनका लागि २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४ बराबर १ को दरमा हकवालाले आवेदन दिन सक्नेछन् । माघ १५ गतेसम्म शेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
हाल २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि ५० करोड ३० लाख रुपैयाँ थप हुनेछ । फागुन २८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिनेछ।
कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए प्लस रेटिङ पाएको छ । अनलाइनप्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।



















