Dhulikhel Eco Banner new

स्वरोजगार लघुवित्तको एफपीओमा अत्यधिक आवेदन

2.47K
shares

काठमाडौं, २० फागुन । स्वरोजगार लघुवित्तले आगामी एफपीओमा ठूलो माग देखिएको छ। कम्पनीको एफपीओमा १४ लाख ७५ हजार ५५४ जना लगानीकर्ताबाट १ करोड ८५ लाख ९१ हजार ७२० कित्ता आवेदन प्राप्त भएको हो ।

कम्पनीले नेपालको धितोपत्र बोर्डबाट अनुमोदन प्राप्त गरी १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओका लागि प्रति कित्ता १०० रुपैयाँको दर निर्धारण गरिएको छ। यस आवेदन प्रक्रियामा लगानीकर्ताले कम्तिमा १० कित्ताका लागि आवेदन दिनुपर्ने नियम छ भने बढीमा १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ। एफपीओको आवेदनको अन्तिम म्याद आगामी बुधवारसम्म तोकिएको छ।

स्वरोजगार लघुवित्तका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ को माध्यमबाट अनलाइन आवेदन पनि गर्न सकिन्छ।

कम्पनीको वर्तमान चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँमा पुग्नेछ।