Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

2.6K
shares

काठमाडौं,२७ फागुन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्याद भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।