सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा लफडा
वि.सं.२०८१ चैत ८ शुक्रवार १६:१०
2.51K
shares
shares

काठमाडौं, ८ चैत । सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभामा शुक्रबार लफडा भएको छ। सभामा विवाद हुँदा एक जना शेयरधनीलाई कुटपिट गरिएको छ। कुटपिटको घटना सार्वजनिक भिडियोमा देख्न सकिन्छ । ३ देखि ४ व्यक्तिले एक जना शेयरधनीलाई धकल्दै र पिट्दै गरेको देखिएको छ।
विवादको कारण अझै खुलेको छैन, तर घटना पछि बैंकका सुरक्षाकर्मीहरु सो स्थानमा पुगेका थिए। यसअघि बैंकले फागुन २८ गते वार्षिक साधारण सभा बोलाएको थियो । गणपूरक संख्या नपुगेपछि सभालाई स्थगित गरेको थियो।


















