Dhulikhel Eco Banner new

प्रतिशेयर २६० रुपैयाँमा ६ लाख कित्ता बेच्दै नेको इन्स्योरेन्स

2.24K
shares

काठमाडौं, १५ चैत । नेको इन्स्योरेन्सले संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले ६ लाख कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ। खरीदकर्ताले आवेदन दिँदा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिनु पर्नेछ। कम्पनीको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

यसमा चैत १५ गतेदेखि चैत २९ गते भित्र मात्रै आवेदन दिन सकिनेछ। आवेदन फाराम काठमाडौंको बागदरबारस्थित जेडीए कम्प्लेक्समा रहेको बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध हुनेछ।