Dhulikhel Eco Banner new

नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

2.34K
shares

काठमाडौं, १५ चैत । नेपाल नागरिक उड्ययन प्राधिकरणले कर्मचारी माग गरेको छ। प्राधिकरणले सहायकदेखि प्रबन्धकसम्मका पदहरूमा ११६ जना कर्मचारी माग गरेको हो।

प्राधिकरणले प्रबन्धक १ जना, उपप्रबन्धक ४ जना, वरिष्ठ अधिकृत ५६ जना, अधिकृत ५ जना, वरिष्ठ सहायक १८ जना र सहायक पदमा ३२ जनाबाट दरखास्त आह्वान गरेको हो।

इच्छुक नेपाली नागरिकले वैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म अनलाइन मार्फत् आवेदन दिन सक्नेछन्।