शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ चैत २० बुधवार १५:१९
shares

काठमाडौं, २० चैत । बुधवार शेयर बजारमा दोहारो अंकले बढेको छ । शेयर बजार २५.३१ अंकले बढेर २,७०१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ४४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा शेयर बजारमा बोटलर्स नेपाल (बालाजु) का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन बलेफी जलविद्युतका लगानीकर्ताले ४.८५ प्रतिशतका दरले गुमाएका छन् भने एनआइसि एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले २.९१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी नेपाल एसबिआई डिबेन्चरका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् भने अपर हेवाखोला जलविद्युतका लगानीकर्ताले १.९७ प्रतिशतका दरले गुमाएका छन् ।


















