वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक
वि.सं.२०७९ असार १ बुधवार १६:४७
shares

काठमाडौं, १ असार । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ ।
प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।
वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन-बन्द गर्न-पासवर्ड रिसेट, मेरो शेयरको रेजिष्ट्रेशन-नविकरण-पासवर्ड रिसेट, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता- पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन । यी सबै सेवाहरु बैंकको वेबसाइट Smart Services वाmhttps://servicerequests.ctznbank.com मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ ।
वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क , ई.के.वाई.सी. तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।
साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा [email protected]मा ईमेल गरी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



















