Dhulikhel Eco Banner new

आध्यात्मिक पत्रकार समाजको वार्षिकोत्सव सम्पन्न, केटिएम भ्वाइसका सम्पादक आचार्य सम्मानित

3.38K
shares

काठमाडौं, २५ चैत । आध्यात्मिक पत्रकार समाज (आपस ) वार्षिकोत्सवको अवसरमा आइतवार वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दक्षिण एशियाली ज्योतिष महासंघको कार्यलय तथा आपस सम्पर्क कार्यलय काठमाडौं डिल्लीबजारमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश एसोसिएट अध्यक्ष तथा केटिएम भ्वाइसका सम्पादक रोयल आचार्यलाई सक्रिय युवा पत्रकारका रुपमा दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

एसोसिएट अध्यक्ष आचार्यले सबै विधागत पत्रकारितासँग सम्बन्ध रहेको र सिंगो मानव हितमा महत्त्व राख्ने आध्यात्मिक पत्रकारिता प्राथमिकताको अवधारणा भएकाले नेपाली पत्राकारिता क्षेत्रमा नै यसको महत्त्व रहने उल्लेख गरे । लेखक तथा सञ्चारकर्मी केशब प्रसाद चौलागाईंले धर्म,कला,संस्कृति र सामाजिक मूल्य मान्यतासहितको पत्रकारिता अझै पनि मूलधारमा आउन नसकेको र प्राथमिकतामा नपारिएको गुनासो राखे।

अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटाले विधागत पत्रकारिताका क्षेत्रमा आपसले पुर्याउन सक्ने योगदान धेरै रहने भएकाले क्षमता अभिवृद्धि र पर्यटन,संस्कृतिलाई प्राथमिकतामा अन्तर्राष्ट्रिय नेटवर्कमा जोडिएर अघि बढ्न सुझाब पनि दिए ।आपसका अध्यक्ष शिरोमणि दवाडीले सकारात्मक पत्रकारितालाई जोड दिँदै सत्य र निष्पक्ष पत्रकारिताको विकासमा संस्थाले ्रकियाशीलता बढाउने बताए।

पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका आपसका महासचिव लक्ष्मण पन्थीले आगामी वर्षको क्लालेन्डर र पात्रोमा राम नवमीका दिन आध्यात्मिक पत्रकार समाजको स्थापना समावेश गर्ने कुराको जानकारी गराउँदै आगामी दिनमा संस्थागत संरचना र गतिशीलतालाई ध्यान दिइने बताए ।

संचारकर्मीहरू शिवलाल पौडेल,बि. पि. कोइराला,द्रोण पराजुली,पुरुषोत्तम बस्नेत, अनिल भण्डारी, सुशील फुँयाल, कमल टण्डन, विशाल पौडेल,राजु बस्याल,यदुनाथ गैरे,शोभा ओझा, अस्मिता,सुस्मिता र सरस्वती दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।