Dhulikhel Eco Banner new

आइपीओ निष्कासनको लागि ट्रेड पावरले पायो अनुमति

2.85K
shares

काठमाडौं, २५ चैत । ट्रेड टावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति पाएको छ। कम्पनीले १ सय अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासनको अनुमति प्राप्त गरेको हो।

यस आईपीओको माध्यमबाट कम्पनीले आफ्नो कुल पूँजीको ४८ प्रतिशत साधारण शेयर निष्कासन गर्न लागेको छ। बिक्री प्रवन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल रहेको छ। कम्पनीले आगामी दिनमा अन्य समूहमा सूचीकृत हुने योजना बनाएको जनाएको छ।