Dhulikhel Eco Banner new

बल्खुमा राप्रपाको बृहत खबरदारी सभा (फोटो फिचर)

3.25K
shares

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलवार काठमाडौंमा खबरदारी सभा गरेको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुन:स्थापनाको माग सहित राप्रपाले बृहत् प्रदर्शन र आमसभा आयोजना गरेको हो ।

मंगलवारको सभालाई राप्रपाले राजतन्त्रको स्थापनार्थ व्यवस्था बदल्ने खबरदारी सभा समेत भनेको छ । विभिन्न नारा लेखिएका प्लेकार्ड, राष्ट्रिय झण्डा तथा राप्रप्राको झण्डा बोकेर विभिन्न स्थानबाट कार्यकर्ताहरु जुलुस निकाल्दै बल्खुमा पुगेका थिए ।

कार्यक्रमलाई सुरक्षित र मर्यादित बनाउन करिब २ हजार सुरक्षाकर्मी तैनाथ छन् । मंगलवारको सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपाले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको छ ।

यसअघि राप्रपाका नेताहरूसमेतको सहभागितामा राजावादीहरूले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको आजको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।