Dhulikhel Eco Banner new

किड्स सक्सेस मन्टेशोरीको आठौँ अभिभावक दिवस र छैठौँ दीक्षान्त समारोह सम्पन्न

3.74K
shares

काठमाडौं, २६ चैत । काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. १० पंचकन्या स्थित किड्स सक्सेस मन्टेशोरीको आठौँ अभिभावक दिवस एवम छैठौँ दीक्षान्त समारोह कपन स्थित मिलन चोक पार्टी भेन्युमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर सभापति प्रविना कोइरालाले गरेकी थिइन् ।

२०७३ सालमा स्थापना गरिएको यो मन्टेश्वरीले अहिलेसम्म हजारौं साना नानीबाबुहरुलाई शैक्षिक उन्नयन र अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

मन्टेश्वरी बेशमा आधारित रहेर शिक्षाका नविनतम विधि र पद्धतिहरू अवलम्वन गर्दै साना नानिबाबुहरूलाई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक पक्षमा महत्वपूर्ण विकासमा पूर्ण समर्पित छ।

यस अवसरमा १२ जना दीक्षान्त प्राप्त विद्यार्थीहरूको नाम पनि घोषणा गरिएको छ । सेद्रिन राई, अभिमा राई, कृजाल गौतम, शान्वी थापा, आरशी घिमिरे, आरोन आचार्य, अरिन भण्डारी, अभिश्री थापा, रिहान निरौला, आहान भट्ट, सत्विक बुद्धाथोकी, र पाल्मो शेर्पा। कार्यक्रमको उद्घाटन सभापति प्रविन कोइराला अतिथि रहेका थिए।