Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.76K
shares

काठमाडौं, २६ चैत । मंगलवार शेयर बजारमा सामान्य अंकले बढेको छ । शेयर बजार १.७३ अंकले बढेर २,६७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ३० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा बाराही जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.७२ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सिन्धु विकास बैंकका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले गुमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताले ५.२८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् भने सयपत्री जलविद्युतका लगानीकर्ताले ३.८५ प्रतिशतका दरले गुमाएका छन् ।