काठमाडौंमा भारी वर्षापछि शिक्षक आन्दोलन तितरबितर (फोटो फिचर)
वि.सं.२०८१ चैत २८ बिहीवार १५:५७
shares

काठमाडौं, २८ चैत । शिक्षा ऐन जारी गर्न माग गर्दै देशको राजधानी केन्द्रीत शिक्षकहरुको आन्दोलन बिहीवार बानेश्वर क्षेत्रमा परेको बर्षाको कारण आन्दोलनकारी शिक्षकहरुको भीड तितरबितर भएको छ ।
भारी वर्षाले सडक केही समय अस्तव्यस्त बनेको थियो। बर्षा पछि बानेश्वर क्षेत्रका चारवटै मुख्य सडक खुला भएपछि त्यस क्षेत्रको सवारीसाधन आवागमन पुनः सामान्य बनेको छ।
केही समयको अवरोधपछि ट्राफिकले फेरि गति लिएको छ, यात्रु तथा सर्वसाधारणलाई पनि सहजता भएको छ ।




























