४ निर्माण कम्पनी परे कालोसूचीमा
वि.सं.२०८२ वैशाख ४ बिहीवार ०९:५०
shares

काठमाडौं, ४ वैशाख । सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । सरकारले समयमै काम पूरा नगरेको भन्द ४ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। तीमध्ये २ वटा कम्पनीलाई १ वर्ष ६ महिना र २ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।
कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि, श्री गौरीगोमा निर्माण सेवा, एसएम कन्सट्रक्सन र राना फर्निचर सःमिल उद्योगलाई कालोसूचीमा राखेको छ।
तीमध्ये बिल्ड ब्रदर्स कन्स्ट्रक्सन र श्री गौरीगोमा निर्माणलाई १ वर्षका लागि तथा एसएम कन्स्ट्रक्सन र रराना फर्निचर सःमिललाई १ वर्ष ६ महिनाका लागि कालोसूचमिा राखेको हो।
यी कम्पनी कालोसूचीमा राखिएको अवधिभरि सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।



















