एनआइशी एशिया बैंकले ९ महिनामा कमायो १५ करोड
वि.सं.२०८२ वैशाख ७ आइतवार ०८:२९
shares

काठमाडौं, ७ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अर्थतन्त्रमा देखिएको समस्याको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । बैंकिङ क्षेत्रमा परेको असर एनआईशी एशियाको ब्यालेन्ससीटमा पनि देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत र सञ्चालन मुनाफा ६४.४० प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ । जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।


















