Dhulikhel Eco Banner new

शेयर बजारमा १४१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.16K
shares

काठमाडौं, १४ वैशाख । आइतवार शेयर बजारमा झिनो अंकले बढेको छ । शेयर बजार ५.९८ अंकले बढेर २,६६४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ८७ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन नारायणी विकास बैंकका लगानीकर्ताले ५.०२ प्रतिशतका दरले गुमाएका छन् भने अपर सोलु हाइड्रोका लगानीकर्ताले ४.२६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ३.५९ प्रतिशतका दरले गुमाएका छन् भने श्रिजनशिल लघुवित्तका लगानीकर्ताले ३.४१ प्रतिशतका दरले गुमाएका छन् ।