Dhulikhel Eco Banner new

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

1.98K
shares

काठमाडौं, १७ वैशाख । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ८६ हजार ७११ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

निवेदनपछि बिक्रेतासँग समन्वय गरेर आपसी सहमतिमा मात्रै खरीद–बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। साथै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि प्रस्ताव गरिसकिएको सूचनामा उल्लेख गरिएको छ।