Dhulikhel Eco Banner new

गोर्खाज फाइनान्सको सिइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

2.15K
shares

काठमाडौं, १९ वैशाख । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । कम्पनीको बुुधवार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

गोर्खाज फाइनान्सले फेरि एकपटक आफ्ना पुराना नेतृत्वकर्तालाई नै प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको हो । इवाहाङ हाल कम्पनीमै वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छन्। यसअघि पनि उनलाई यही पदमा नियुक्त गर्ने प्रयास भएको थियो। गत चैत १० गते बसेको संचालक समितिको बैठकले उनलाई चैत्र ११ गतेदेखि लागू हुने गरी सीइओ बनाउने निर्णय गरे पनि उक्त निर्णय राष्ट्र बैंकको निर्देशनपछि केवल केही घण्टामै खारेज गरिएको थियो।