Dhulikhel Eco Banner new

यस्तो छ सोमवारका लागि विदेशी मुद्राको विनिमयदर

1.64K
shares

काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रूपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रूपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ र बिक्रीदर १०५ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ ।