Dhulikhel Eco Banner new

एससीटी र सालपा विकास बैंकबीच ‘एससीटी–यूपीआई कार्ड’ जारी गर्ने सम्झौता

2.31K
shares

काठमाडौं, १ जेठ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच ‘एससीटी–यूपीआई कार्ड’ जारी गर्न सम्झौता भएको छ ।

स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात् सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी–यूपीआई कार्ड लिन सक्नेछन् ।