Dhulikhel Eco Banner new

शेयर बजारमा ७.३७ अंकले गिरावट, १६४ कम्पनीको शेयर मूल्य घट्यो

1.96K
shares

काठमाडौं, १ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.३७ अंकले घटेर २,६१२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ८ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.१० प्रतिशतका दरले गुमाएका छन् ।