Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.94K
shares

काठमाडौं, १ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.३७ अंकले घटेर २,६१२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ८ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् भने सोल्टी होटलका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, उपकार लघुवित्तका लगानीकर्ताले ७.५४ प्रतिशतका दरले कमाएका छन् भने नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ५.७२ प्रतिशतका दरले कमाएका छन् ।