शेयर बजारमा १६४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ जेठ १ बिहीवार १५:१८
shares

काठमाडौं, १ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.३७ अंकले घटेर २,६१२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ८ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.१० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.८७ प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ६.०२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, ग्नि विकास बैंकका लगानकिर्ताले ५.८१ प्रतिशतका ददरले गुमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका छन् ।



















