शेयर बजारमा २१४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ जेठ २० मंगलवार १५:२६
shares

काठमाडौं, २० जेठ । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३५.७३ अंकले घटेर २,६५९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ६७ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.३८ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन कर्पोरेट विकास बैंकका लगानीकर्ताले ३.९९ प्रतिशतका दरले गुमाएका छन् भने प्राइम कर्मसियल बैंकका लगानीकर्ताले ३.९५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका छन् भने सुर्योदय वोमी लघुवित्तका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले गुमाएका छन् ।



















