Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनी बने मालामाल

1.69K
shares

काठमाडौं, २१ जेठ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.८७ अंकले घटेर २,६५२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सुपर माई हाइड्रोपावरका लगानीकर्ताले ८.२९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सनराइज फोकस्ड इक्विटी फन्डका लगानीकर्ताले ४.६३ प्रतिशतका दरले कमाएका छन् भने बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले ४.५४ प्रतिशतका दरले कमाएका छन् ।