एकैदिन प्रतितोला १ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ २८ बुधवार ११:०८
1.81K
shares
shares

काठमाडौं, २८ जेठ । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलवार तोलामा १ लाख ९० हजारमा कारोबार भएको सुनको मूल्य बुधवार तोलामा १ हजार ३ सयले बढेर प्रतितोला १ लाख ९१ हजार ३ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । मंगलवार तोलामा २ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार घटेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



















