Dhulikhel Eco Banner new

बिजमाण्डु र नेपालखबरलाई समाचार हटाउन जिल्ला अदालतको निर्देशन

2.55K
shares

काठमाडौं, २८ जेठ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको मागमा आधारित रहँदै जिल्ला अदालत काठमाडौंले दुई सञ्चारमाध्यमलाई समाचार हटाउन आदेश दिएको छ।

बिजमाण्डु डटकम र नेपालखबर डटकमले श्रेष्ठको कामकारवाहीमाथि प्रश्न उठाउँदै प्रकाशित गरेका समाचारहरू हटाउन तथा भविष्यमा यस्ता समाचार प्रकाशित नगर्न अदालतले मंगलबार आदेश जारी गरेको हो।

जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले निषेधाज्ञासम्बन्धी निवेदनको प्रारम्भिक सुनुवाइपछि यस्तो आदेश दिएको हो। अध्यक्ष श्रेष्ठले समाचारले आफ्नो छवि र संस्था प्रतिको विश्वासमा प्रतिकूल असर परेको भन्दै अदालतमा निवेदन दिएका थिए।