Dhulikhel Eco Banner new

गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टीन हिरो नेपाल २०२५’ को आवेदन खुला

1.27K
shares

काठमाडौं, ३ असार । गोल्छा ग्रुपको प्रस्तुति र ग्लोकल प्रा.लि.को आयोजनामा ‘ग्लोकल टीन हिरो नेपाल २०२५’ का लागि आवेदन खुला गरिएको छ। नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्व क्षमताका लागि सम्मान गर्ने यो कार्यक्रम ११औं संस्करणमा प्रवेश गरेको हो।

सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको यो अभियान सन् २०१६ देखि देशभर विस्तार हुँदै भारत, श्रीलंका र बंगलादेशसम्म पुगेको छ। ग्लोकल टीन हिरो नेपाल १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूका लागि खुला छ, जसले आफ्ना समुदायमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्यहरू गरिरहेका छन्। यो कुनै साधारण पुरस्कार नभई प्रतिभावान युवाहरूलाई सशक्तिकरण गर्दै देश–विदेशमा चिनाउने विशेष अवसर हो।

ग्लोकल प्रा.लि.ले यस कार्यक्रममार्फत किशोरकिशोरीहरूको सिर्जनशीलता, नेतृत्व क्षमता, र सामाजिक सक्रियतालाई उजागर गर्दै आएको छ। आवेदन प्रक्रिया ३ असारबाट सुरु भएको हो र जुलाई ३०, २०२५ सम्म अनलाइनमार्फत आवेदन दिन सकिन्छ।

यस वर्ष ६० भन्दा बढी शहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना रहेको आयोजकले जनाएको छ। आवेदकको पहल, प्रभाव र दूरदृष्टिलाई आधार बनाएर छनोट प्रक्रिया अगाडि बढाइनेछ। छनोटपछि उत्कृष्ट ६ फाइनलिस्ट सार्वजनिक गरिने छन्, जसले अन्तिम चरणमा सहभागिता जनाउनेछन्।

निर्णायक मण्डलमा कोका–कोला नेपाल, डब्लुडब्लुएफ, गोल्छा ग्रुप, वैद्यज अर्गनाइजेसन, युरोपेली संघ जस्ता प्रतिष्ठित संस्थाका वरिष्ठ प्रतिनिधिहरू रहनेछन्। कार्यक्रमलाई सफल बनाउन युरोपेली संघ, भारतीय दूतावास, होन्डा, कोका–कोला, पञ्चकन्या, केएफसी, टोयोटा, रियल, ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल पर्यटन बोर्ड, द सोल्टी, वर्ल्डलिंक, हिमालय टिभी, यती एयरलाइन्स, र पिज्जा हट जस्ता साझेदारहरूको साथ रहेको छ।

ग्लोकल टीन हिरो नेपाल २०२५ ले किशोरकिशोरीहरूलाई नेतृत्व विकास र पहिचानको अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ।