Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

1.79K
shares

काठमाडौं, ३ असार । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.५९ अंकले घटेर २,६५६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६५ करोडको कारोबार भएको हो ।

शेयर बजारमा पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।