सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असार ३ मंगलवार १५:१५
shares

काठमाडौं, ३ असार । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.५९ अंकले घटेर २,६५६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६५ करोडको कारोबार भएको हो ।
शेयर बजारमा पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
यसदिन बुटवल पावर कम्पनीका लगानीकर्ताले ७.७३ प्रतिशतका दरले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि, माथिल्लो हेवाखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५.२८ प्रतिशतका दरले कमाएका छन् भने बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले कमाएका छन् ।



















