Dhulikhel Eco Banner new

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

1.63K
shares

काठमाडौं,४ असार । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले २ लाख ९० हजार २९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

संस्थापक शेयरधनी काली दाश गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता र कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता शेयर रहेको छ। हाल उक्त शेयर बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

यसका लागि अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। निवेदन प्राप्त भएपछि खरीदकर्ता र बिक्रेताको आपसी सहमतिमा प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

साथै यस अवधिभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।