नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
वि.सं.२०८२ असार १० मंगलवार १५:४८
shares

काठमाडौं, १० असार । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूका नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।
उक्त शेयरहरू सर्वसाधारण, कम्पनी, संघ–संस्थालगायत इच्छुक सबैले खरिदका लागि आवेदन दिन सक्नेछन्। पहिला विद्यमान संस्थापक शेयरधनीहरूद्वारा उक्त शेयर खरिद नगरिएको हुँदा अब सर्वसाधारण लगानीकर्ताका लागि समेत बिक्री खुला गरिएको हो।
इच्छुक लगानीकर्ताहरूले असार १० गतेदेखि ७ कार्यदिनभित्र कति कित्ता शेयर खरिद गर्न चाहन्छन् भन्ने उल्लेख गर्दै बैंकको शेयर शाखा, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।


















