Dhulikhel Eco Banner new

हरियाली छाएको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.64K
shares

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साहजनक उछाल देखिएको छ। शेयर बजार ७९.८२ अंकले बढेर २,८७० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १६ अर्ब ५९ करोडको कारोबार भएको हो ।

हरियाली छाएको शेयर बजारमा एनआइबिएल स्टेबल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.५८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लगानीकर्ताले ६.२१ प्रतिशतका दरले गुमाएका छन् भने रिलायबल समृद्धि योजनाका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, मुक्तिनाथ म्युअचल फण्डका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले गुमाएका छन् भने ११ प्रतिशत केबीएल डिबेन्चर २०८९का लगानीकर्ताले ३.९५ प्रतिशतका दरले गुमाएका छन् ।