Dhulikhel Eco Banner new

बैंकिङ कसुर मुद्दामा फरार गुरूङ काठमाडौंबाट पक्राउ

2.8K
shares

काठमाडौं, ४ साउन । बैंकिङ कसुर मुद्दामा फरार रहिएकी तेजुमाया गुरूङलाई प्रहरीले काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको छ। इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा स्थायी घर भई काठमाडौँ महानगरपालिका–४ सुकेधारा क्षेत्रमा बसोबास गर्दै आएकी ५० वर्षीया गुरूङलाई शुक्रबार प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनले २०७९ साउन १७ गते तेजुमाया गुरूङलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै रु ३ लाख ५० हजार जरिवाना, तीन दिन कैद र १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय सुनाएको थियो। तर फैसला भएपछि गुरूङ फरार थिइन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई लुकिछिपी बसिरहेको अवस्थामा सुकेधाराबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार, गुरूङलाई पक्राउपछि आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ र कानूनबमोजिम अगाडि बढाइने प्रक्रियामा छ।