Dhulikhel Eco Banner new

साउन सोमबार पशुपतिनाथ दर्शनका लागि निःशुल्क बस सेवा सञ्चालन

2.43K
shares

काठमाडौं, ६ साउन । साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनलाई लक्षित गर्दै निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ। यो सेवा पशुपति विकास कोष, मयुर यातायात र गीता प्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हो।

यस निःशुल्क बस सेवा अन्तर्गत दुईवटा फरक रुटमा बिहान ४ः०० बजेबाट १०ः०० बजे सम्म बस चलाइनेछ। पहिलो रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म पुग्नेछ। दोस्रो रुटमा बाल्खुबाट नयाँ बसपार्क, चक्रपथ, चाबहिल हुँदै पशुपतिनाथ मन्दिरसम्म सेवा उपलब्ध हुनेछ।

बस सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ र सेवा लिन चाहने सबै भक्तजनलाई समयपालन गर्न आग्रह गरिएको छ। सेवा सञ्चालनको समय तालिकामा कुनै परिवर्तन भएमा, यात्रुहरूलाई अघिल्लो दिन नै जानकारी दिने व्यवस्था गरिएको छ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरूको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन र भक्तजनको सुविधाका लागि यो पहल गरिएको जनाइएको छ। भक्तजनहरूले यस सेवाबाट सहज र सुरक्षित रूपमा मन्दिर दर्शन गर्न सक्नेछन्।