सिद्घार्थ बैंकका ग्राहकहरुलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलून मा २५ प्रतिशत सम्मको छुट
वि.सं.२०८२ साउन ६ मंगलवार १३:३२
shares

काठमाडौं, ६ साउन । सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलून बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार, ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।



















