Dhulikhel Eco Banner new

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

2.08K
shares

काठमाडौं, १२ साउन । नेपालका लागि अशोक लेल्यान्ड सवारी साधनको आधिकारिक वितरक आइएमई मोटर्स लाई ‘अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५’ मा इंटरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ।

सफल साझेदारीको एक दशक पुरा गर्दै आइएमई मोटर्सले प्राप्त गरेको यो अवार्डले कम्पनीको सेवा क्षेत्रको निरन्तर उत्कृष्टता, ग्राहक सन्तुष्टि, र प्राविधिक दक्षताको उच्च मूल्यांकन भएको स्पष्ट पारेको छ।

आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो सफलता कम्पनीका प्रत्येक टेक्निसियन र सर्भिस टिमको समर्पणको परिणाम भएको बताउँदै, भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका कार्यकारी निर्देशक निशान ढकालले अवार्डले आइएमई मोटर्सको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्ने अभियानमा थप ऊर्जा भरेको उल्लेख गरे।

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले १० वर्षको सफल सहकार्यको प्रतीकको रूपमा प्राप्त यो सम्मानले दुबै पक्षको साझा प्रतिबद्धता र उत्कृष्ट ग्राहक अनुभवको संकेत गरेको बताए।

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स विश्वभरका साझेदारहरूमाझ नवप्रवर्तन, सञ्चालन दक्षता र सेवा योगदानको मूल्यांकनका आधारमा वार्षिक रूपमा आयोजना गरिन्छ। यस सम्मानलाई नेपाली अटोमोबाइल क्षेत्रमा गौरवको उपलब्धि मानिएको छ।