Dhulikhel Eco Banner new

६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष के.सी. पक्राउ

2.07K
shares

काठमाडौं, १५ साउन । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक के.सी. पक्राउ परेका छन् ।

दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्ष भक्तपुरबाट पक्राउ परेका हुन् ।

उक्त सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ । उक्त सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।