पेट्रोल घट्यो, डिजेल र हवाई इन्धन महँगियो
वि.सं.२०८२ साउन १६ शुक्रवार १०:३०
shares

काठमाडौं, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा आन्तरिक हवाई इन्धनको मूल्यमा फेरबदल गरेको हो।
पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ। नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ रुपैयाँ र तेस्रो वर्गका लागि १५९ रुपैयाँ निर्धारण गरिएको छ।
डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि १५० रुपैयाँ तोकिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य बढेर अब प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको जानकारी दिएको छ।



















