Dhulikhel Eco Banner new

आरएसडीसी लघुवित्तको नाफा २७ प्रतिशतले घट्यो

1.57K
shares

काठमाडौं, १६ साउन । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २७.१९ प्रतिशतले घटेको छ। संस्थाको अघिल्लो आवको असार मसान्तसम्म १४ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरे पनि गत आवको असार मसान्तसम्म उक्त नाफा घटेर १० करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।

खुद ब्याज आम्दानी पनि २२.५२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २८ करोड ९८ लाख रुपैयाँ रहेको आम्दानी घटेर हाल २२ करोड ४५ लाख रुपैयाँमा झरेको छ। यसका साथै, खुद सञ्चालन आम्दानी पनि ३१ करोड १८ लाख रुपैयाँबाट ३४.७० प्रतिशतले घट्दै २० करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

सञ्चालन नाफा २५ करोड १४ लाख रुपैयाँबाट ४०.३९ प्रतिशतले घटेर १४ करोड ९९ लाख रुपैयाँमा झरेको छ। यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १५.०१ रुपैयाँबाट घटेर ९.९८ रुपैयाँमा पुगेको छ।

१ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा हाल १८ करोड २९ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा ८ करोड ५४ लाख रुपैयाँ कायम भएको छ।

खराब कर्जा अनुपात पनि थोरै बढेको छ। अघिल्लो वर्ष ३.३१ प्रतिशत रहेको खराब कर्जा बढेर ३.३४ प्रतिशत पुगेको छ। यद्यपि कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२५.९५ रुपैयाँमा कायम छ।