Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीको निक्षेपमा सामान्य गिरावट, कर्जा लगानी स्थिर

2.38K
shares

काठमाडौं, २० साउन । पछिल्लो समय बैंकिङ प्रणालीमा संकलित निक्षेपमा सामान्य गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकको साउन १६ र १७ गतेको तथ्यांकअनुसार निक्षेप केही घटेको हो।

साउन १६ गतेसम्म बैंकिङ प्रणालीमा कुल ७२ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन १७ गतेसम्ममा यो रकम १ अर्ब रुपैयाँले घट्दै ७२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ। उक्त अवधिमा वाणिज्य बैंकहरूको निक्षेप भने २ अर्ब रुपैयाँले घट्दै ६४ खर्ब ७३ अर्ब रुपैयाँमा झरेको छ।

निक्षेपमा गिरावट देखिए पनि कर्जा लगानी भने स्थिर रहेको छ। साउन १६ गतेसम्म बैंकिङ्ग प्रणालीमार्फत ५५ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा साउन १७ गतेसम्म पनि सोही मात्रामा कर्जा लगानी कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि स्थिर रहँदै ४९ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत कायम रहेको छ भने सिआरआर रेक्वायर्ड ९सिडी० अनुपात ७६।०३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।