Dhulikhel Eco Banner new

नेपालमै अनौठो विद्यालय: शिक्षक विद्यार्थी नै भेटिदैनन्

2.12K
shares

काठमाडौं, २३ साउन । विद्यालयमा शिक्षक र विद्यार्थी हुनु पर्ने हो । तर सुन्दै अचम्म लाग्छ, एउटा यस्तो विद्यालय छ जहाँ विद्यार्थी र शिक्षक होइन गाइवस्तुहरु भेटिन्छन् । दोलखाको गौरीशङ्कर गाउँपालिका–८, खारेमा निर्मित खारे माध्यमिक विद्यालयको दुईकोठे भवन गाईगोठमा परिणत भएको छ । बागमती प्रदेशको २५ लाख रुपियाँको लगानीमा बनेको विद्यालय खासै चासोमा नपर्दा प्रयोगविहीन भएर भवन गाईगोठ बनेको हो ।

स्थानीय समाजसेवी दिव्यध्वज कार्कीले विद्यालयलाई दान दिएको जग्गामा लहडबाजीमै प्रदेशको लगानीमा बनेको सो भवन घेरबारसमेत नहुँदा स्थानीयले जबरजस्ती गाईगोठ बनाएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुराजा शेर्पाका अनुसार गाउँलेले सार्वजनिक स्थानमा गाई राख्न पाइन्छ भन्दै बाँधेका छन् । गाई हटाउन अनुरोध गर्दा पनि नमानेका कारण समस्या भएको छ ।